FAQs Complain Problems

सूचना

६ नं वडा कार्यालय, मौवाबोटे

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण दूरदराजको साविक गा वि स मौवाबोटे हाल वराहपोखरी गाउँपालिका वडा नं ६ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल १२.५१ वर्ग कि मि र वि सं २०७८ को जनगणना अनुसार कूल जनसंख्या १११८ मध्ये पुरुष: ५६९ र महिला: ५४९ रहेको छ । यो जनसंख्या र भुगोलको दृष्टिले सबैभन्दा कान्छो वडा हो । हालको वडा कार्यालय भवन २०५५।०५६ मा बनेको भवनमा सञ्चालित छ । यस वडामा एक स्वास्थ्य चौकी, तीन गाउँघर क्लिनिक, तीन खोप केन्द्र, एक सामुदायिक वन, एक सरकारी स्वीकृत गै स स चोमोलुङ्मा सेवा समाज रहेको छ ।

विद्यालयहरु : चकलीदेवी आ वि, इमिखीम आ वि, मौवाबोटे आ वि, जनसहयोग आ वि चाप्लुखा र जलकन्या आ वि आहाले र एक बाल विकास केन्द्र रहेका छन् ।  

धार्मिक स्थलहरु : चकली देवी मन्दिर, डाँडागाउँको बप्तिस चर्च, राङभाङ्गेको हात्तीटार

पर्यटकीय स्थलहरु : राप्चा डाँडा, रुक्नाखोलाको झरना

घरधुरी संख्या : २२५

जातियताको अवस्था : राई (पुमा), खड्का, वि क, परियार, नेवार आदी । 

वडा अध्यक्ष : श्री दुर्गा बहादुर राई

Population: 
१११८
Ward Contact Number: 
९८६०९४८२२४